मुम्बई,एजेन्सी ।
बलिउडका सुपरस्टार सलमान खानले उमेर ढल्किदै गएपनि हिट चलचित्र भने दिन छाडेका छैनन् । पछिल्लो समय उनी अभिनित चलचित्र ‘भारत’ उत्कृष्ट साबित भयो। यसैबीच उनले ‘फिल्मफेयर’ म्यागेजिनलाई अन्तर्वाता दिदैँ आफ्नो ‘स्टारडम’ बारे बोलेका छन्। आफूसँगै बलिउडमा पाँच जना अभिनेताहरूको मात्र ‘स्टारडम’ कायम भएको उनले बताएका छन् ।
उनले भने 'स्टारडम जोगाउनु निकै मुश्किल काम हो। समयसँगै स्टारडम भन्ने कुरा पनि हराउँदै जान्छ। लामो समय सम्म स्टारडम टिकाउन कडा परिश्रम गर्न आवश्यक छ। बलिउडमा कडा परिश्रम गरेर म लगायत शाहरूख,आमिर, अजय र अक्षयले मात्र स्टारडम कायम राख्न सकेका छौं। पहिलै बाटनै हामीले स्टारडम कायम राख्न मिहेनत गर्दै आएका छौँ।'
हाल सलमान चलचित्र ‘दबंग ३’को सुटिङमा व्यस्त छन्। ‘दबंग ३’ उनीसँगै अभिनेत्री सोनाक्षी सिन्हा र अरवाज खान लगायतको अभिनय रहनेछ। ‘दबंग’को पहिलो र दोश्रो पार्ट सुपरहिट भएको थियो । तेश्रो पार्ट के होला त्यो भने हेर्न बाँकी छ। उमेर ढल्किदै गएका बलिउडका सलमान बाहेक अरु खान हरुको पहिल्लो समयको चलचित्रले त्यति राम्रो ब्यापार गर्न सफल भएन ।
शाहरूख खान अभिनित पछिल्लो समयको चलचित्र 'जिरो' फल्प भएपछि उनी हाल चलचित्र साइन् गर्न हिच्किचाउँन थालेका छन्। आमिर खान अभिनित चलचित्र 'ठग्स अफ हिन्दुस्तान’ पनि असफल भएको थियो । हाल भने हिट चलचित्र दिन कोशिस गर्दै आमिर खानले आफ्नो तौल घटाउन थालेका छन् । ‘लाल सिंह चड्ढा’ चलचित्रका लागि उनले २० केजी तौल घटाएका हुन् ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक प्रमोद खरेल र अन्जु पन्तको स्वरम
March 04, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । पर्दामा रुचाइएको जोडी आकाश श्रेष्ठ र
March 04, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: