मुम्बई,एजेन्सी ।
बलिउड चलचित्र ‘सुपर ३०’ले भारतीय बक्स अफिसमा बम्पर ब्यापार गरिरहेको छ। अभिनेता ऋतिक रोशन अभिनित यो चलचित्र प्रदर्शनको तेस्रो दिनमा नै ५० करोड कमाएको थियो भने अहिले दोस्रो सातामा सय करोडको रफ्तारमा छ।पटनाका गणितिज्ञ आनन्द कुमारको जीवनीमा आधारित ‘सुपर ३०’ लाई दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ।
भारतीय ट्रेन्ड एनालिस्ट तरण आदर्शले ट्विटरमार्फत सुपर ३० को बक्स अफिस कलेक्सन सार्वजनिक गरेका छन्। ‘सुपर ३०’ ले शुक्रबार ४ करोड ५१ लाख ग्रस कलेक्सन गरेको थियो भने शनिबार ८ करोड ५३ लाख कलेक्शन गरेको छ। यो फिल्मले भारतीय बक्स अफिसमा ८८ करोड ९० लाख ग्रस कलेक्सन गरिसकेको छ। विकास बहलले निर्देशन गरेको यो चलचित्रमा ऋतिकसँगै मृणाल ठाकुर, पंकज त्रिपाठी, अमित साध लगायतका कलाकारहरुले अभिनय गरेका छन्।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक प्रमोद खरेल र अन्जु पन्तको स्वरम
March 04, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । पर्दामा रुचाइएको जोडी आकाश श्रेष्ठ र
March 04, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: