मुम्बई,एजेन्सी ।
बलिउड सुपरहिट चलचित्र ‘कबीर सिंह’ले नायक शाहिद कपुरको करिअरलाई निकैमाथि पुर्याएको छ। उनको डाउन भएको करिअरले कोल्टे फरेको छ। लबस्टोरी फ्लेवरको यस चलचित्रमा उनले दमदास प्रस्तुती दिए। जब चलचित्रको गीत र ट्रेलर रिलिज भयो तबदेखि शाहिदको अभिनयले अडियन्ससँगै चलचित्र समिक्षकको समेत होस उडेको थियो। अडियन्सलाई हलमा गएर चलचित्र हेर्न हतार भइसकेको थियो। २१ जुन शुक्रवारबाट प्रर्दशनमा आएको यस चलचित्रले शान्दार ओपनिङ गर्दै प्रर्दशनको पहिलो दिनमै भारतमा २० करोड २१ लाख कमाएको थियो। यसअघि उनी अभिनित चलचित्र करोड क्लबमा सम्म पनि पुगेको थिएन। पछिल्लो समय उनको अभिनय रहेको चलचित्र ‘कबीर सिंह’ले समग्रमा २ सय ७५ करोडमाथि कमाएपछि हाल उनी निकै महंगा भएका छन्। उनले चलचित्रमा आफूले लिदै आएको पारिश्रमिक भन्दा निकै मात्रामा पारिश्रमिक बढाएका छन्।
‘कबीर सिंह’को सफलतापछि बलिउड इन्डस्ट्रीमा शाहिदको अचानक डिमान्ड बढेको छ। उनलाई लिएर चलचित्र निर्माण गर्ने निर्माताहरुको लर्को लागेको छ। हाल उनलाई हिट तेलुगु चलचित्र ‘जर्सी’को रिमेकमा अफर आएको छ। भारतिय मिडियाका अनुसार उनले यस चलचित्रकालागि ४० करोडको माग राखेका छन्। यस चलचित्रका निर्माताले उनलाई पारिश्रमिक दिने् हैसियत राख्छन् वा राख्दैनन् त्यो खुलासा गरिएको छैन। यसरी एउटा चलचित्रले माथि उठाउँदैमा कलाकार आफू त्यति महंगो हुनु भनेको कलाकारकै लागि हानिकारक हो। यसबाट उनलाई भष्यिमा घाटैघाटा देखिएको छ। यति धेरै पारिश्रमिक माग गरेका कारण निर्माताले उनलाई ‘जर्सी’को रिमेकमा अफर त गरे तर उनलाई त्यति धेरै पारिश्रमिक नदेलान् भन्ने अनुमान गर्न सकिन्छ। बलिउडमा आफुलाई टिकाइराख्ने हो भने शाहिदले आफुलाई सुहाउने रकम मात्र लिन जरुरी छ। हाल सम्म पारिश्रमिकको विषयमा कुनै पनि सहमती नभएको भारतिय मिडियाको भनाई छ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक प्रमोद खरेल र अन्जु पन्तको स्वरम
March 04, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । पर्दामा रुचाइएको जोडी आकाश श्रेष्ठ र
March 04, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: