मुम्बई,एजेन्सी ।
पछिल्लो समय अभिनेत्रीहरु वेव सीरीज तिर ब्यस्त देखिएका छन्। नेपाली अभिनेत्री प्रियंका कार्कीले 'जस्ट अनादर लभ स्टोरी' नामक वेभ सिरिज निर्माण गर्दै छिन्। समलिंगी महिलाको प्रेम कथामा आधारित उक्त सीरीजमा उनले आफै अभिनय गरेकी छिन्। यस्तैमा बलिउड अभिनेत्री अनुष्का शर्मा पनि वेव सीरीजमा काम गर्ने तयारीमा जुटिरहेकी छिन्। पछिल्लो समय उनी अभिनित चलचित्र ‘जिरो’ असफल भएपछि उनले कुनै पनि चलचित्र साइन् गरेकी छैनन्। उनी अहिले परिवारसँग समय बिताइरहेकी छिन् ।
‘माई’ नामक वेव सीरीज अनुष्का आफ्नै प्रोडक्शन हाउस क्लीन स्लेट फिल्मस् ब्यानरबाट निर्माण हुनेछ। एक साधारण महिलाले अन्जानमा गरेको हत्यालाई आधार बनाएर निर्माण गरिने यस सीरीजमा अनुष्का आफु देखिन्नन्। सीरीजमा अनुष्का निर्माण कार्यमा सहभागि हुनेछिन्। सीरीजको कथा तमाल सेन अतुल मोङ्गिया र अमित ब्यासले तयार पारेका छन्।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का साउथ च
February 28, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । धरानमा म्युजीक भिडियो छायांकनमा
February 28, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: