मुम्बई,एजेन्सी ।
बलिउड अभिनेता राहुल बोसको एक भिडियोले अहिले बलिउड निकै तातेको छ। तात्नुको कारण हो दुई वटा केराको मुल्य ४४२ भारू। पंजाब राज्य स्थित चंढीगढमा एक सुटिंगमा व्यस्त उनी सुटिंग पश्चात चंढीगढको जेडब्लु मेरियट फाइभ स्टार होटलमा उनले दुई वटा केरा अर्डर गरे। उनले पछि पेमेन्ट गर्न जाँदा बिलमा ४४२ भारू उठेपछि उनी तीन छक्क परे। दुई वटा केराको यत्रो बिल आएपछि उनले ट्वीटरमा ट्वीट गर्दै लेखेका थिए ‘हेर्नुहोस यो बिल,यसमा विश्वास गर्न यसलाई तपाईंले हेर्नुपर्छ। कसले भन्छ फल तपाईंको जीन्दगीका लागि नोक्सान गराउने हुँदैन ? जे डब्लु मेरियट–चण्डगढलाई सोध्नुस्’। उनले तत्कालै एक भिडियो पनि बनाएका थिए।
उनले सँगै भिडियो पनि अपलोड गरेका थिए। उनको यो भिडियो हाल सामाजिक संजालमा भाइरल भइरहेको छ र यसमा मानिसहरूले विभिन्न प्रतिक्रिया जनाइरहेका छन्। उनले यसमा केही हदसम्म आक्रोश समेत पोखेका छन् । विभिन्न फाइभ स्टार होटेलको खानेकुरा महँगो हुन्छ नै तर यतिसम्म महँगो होला भनेर बलिउड एक अभिनेताले कल्पनासम्म गरेका थिएनन्।
video:
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का साउथ च
February 28, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । धरानमा म्युजीक भिडियो छायांकनमा
February 28, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: