मुम्बई,एजेन्सी ।
बलिउडका सुपरस्टार सलमान खानले आफ्नो बारेमा एक अनौठो खुलासा गरेका छन्, जुन सुन्दा अपत्याइलो लाग्न पनि सक्छ। उमेरले ५० औं वसन्त पारगर्दा सम्म बिहे नगरेका सलमानले आफूलाई अहिलेसम्म कसैले पनि बिहेका लागी प्रस्ताव नगरेको बताउँछन् । उनको फ्यान फ्लोअर्सको कुरागर्ने हो भने बलिउड, हलिउड र कलिउडमा पनि उत्तिकै छन्। उनले कैयौं युवतीसँग डेट गरिसकेका पनि छन् । उनको प्रेमका चर्चा अहिलेपनि उत्तिकै भइरहन्छ ।
उनले सोमी अली, संगीता बिजलानी, ऐश्वर्य राय,कट्रिना कैफलगायतका अभिनेत्रीहरुलाई डेट गरेका थिए। तर हालै एक अन्तर्वार्ताको क्रममा सलमानले आफूलाई अहिलेसम्म कुनैपनि युवतीले बिहेको प्रस्ताव नगरेको बताएका हुन्। उनले भनेका छन् ‘मलाई आजसम्म कुनै केटीले पनि विवाहको लागि प्रस्ताव गरेका छैनन्। अहिलेसम्म यस्तो भएको छैन। तर मलाई निकै दुख लाग्छ कि मलाई अहिलेसम्म केटीहरुले विवाहको प्रस्ताव नै गरेका छैनन्।’ सलमान अभिनित चलचित्र ‘भारत’ले व्यापारिक सलफता हासिल गरेसँगै उनी अभिनित अगामी चलचित्र ‘दबाङ’ को छायांकन सकिएको छ। दबाङ डिसेम्बर २० देखि प्रदर्शनमा आँउदैछ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक प्रमोद खरेल र अन्जु पन्तको स्वरम
March 04, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । पर्दामा रुचाइएको जोडी आकाश श्रेष्ठ र
March 04, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: