बिवादित कंगनाको 'जजमेन्टल हे क्या’ हेर्न ओइरिए दर्शक, कति कमायो ?

Posted on: July 28, 2019
मुम्बई,एजेन्सी ।

गएको शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘जजमेन्टल हे क्या’ले बक्सअफिसमा आक्रमक ब्यापार गरिरहेको छ। केहीदिन अघि पत्रकार सँग झगडा गरेर चर्को बिवादमा रहेकी कंगना रौनत र भर्सटायल अभिनेता राजकुमार राव अभिनीत यस बहुप्रतिक्षीत चलचित्रले प्रर्दशनको शुरुदिनमै ५ करोड ४० लाख कमाउन सफल भएको छ। त्यसैगरी दोस्रो दिन शनिबार चलचित्रले ८ करोड २ लाख ब्यापार गरेको छ। आइतबारको आँकडा आउन बाँकी रहेको जानकारी गराउँदै चलचित्रले हालसम्म बक्सअफिसमा १३ करोड ४२ लाख ब्यापार गर्न सफल भएको छ।


चलचित्रमा कंगना र राजकुमारको पागलपनलाई दर्शकले औधी रुचाएका छन्। प्रकाश कोवेलामुदीले निर्देशन गरेको ‘जजमेन्टल हे क्या’मा यि दुइको अलवा चलचित्रमा जिम्मी शेरगिल, अमायरा दस्तूर र अलावा बृजेन्द्र कालाको पनि प्रमुख भूमिका छ । 

 





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]