मुम्बई, एजेन्सी ।
बलिउड अभिनेता अक्षय कुमारका चलचित्र खासै लामो समयको ग्यापमा आउदैनन् । उनको अभिनय छोटो समयमै दर्शकले हेर्न पाइरहेका छन् । यतिबेला उनी चलचित्र ‘मिसन मंगल’को प्रचारमा व्यस्त छन् । यसबाहेक अहिले अक्षय ‘हाउस फुल–४’, ‘लक्ष्मी बम’, ‘गुड न्यूज’ लगायत चलचित्रमा समेत अभिनय गरिरहेका छन् ।
यस्तै अक्षयले अर्को नयाँ चलचित्रमा पनि अभिनय गर्ने तय भइसकेको छ । तमिल चलचित्र ‘कत्थी’को हिन्दी रिमेक ‘इक्का’ मा समेत अभिनय गर्ने पक्का भएको छ । ‘इक्का’ जगन शक्तिले निर्देशन गर्ने छन् । यसअघि जगन शक्ति र अक्षय दुवैले फिल्म ‘मिसन मंगल’मा सँगसँगै काम गरिसकेका छन् । ‘मिसन मंगल’ अगस्ट १५ मा रिलिज हुँदै छ । अहिले अक्षय कुमार निर्देशक जगन शक्तिसँगै चलचित्र ‘मिसन मंगल’को प्रमोसनमा व्यस्त भएकाले ‘इक्का’को सुटिङ सुरु गर्न ढिलो भएको बताइएको छ । ‘तर अब इक्काको सुटिङ छिटै सुरु हुन्छ’, निर्देशक जगन शक्तिले भने। फिल्ममा अक्षय कुमार दोहोरो भूमिकामा देखिने छन्। ‘इक्का’ निर्माणको आधिकारिक घोषणा भने गरिएको छैन ।
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं। गायक अर्जुन सापकोटा र गायिक
December 09, 2019
मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री जान्हवी कपूरको चर्चा निकै हुने गर्
December 09, 2019
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: