
मुम्बई,एजेन्सी ।
हाल 'साहो'मा प्रभाससँग रोमान्स गरिरहेकी अभिनेत्री श्रद्धा कपुर बलिउडमा निकै चर्चित छिन्। कहिले उनी आफ्नो अभिनयका कारण चर्चामा आउँछिन् त कहिले प्रेमसम्बन्भका कारण चर्चामा आउँछिन् । बिभिन्न चलचित्रमा फरक फरक प्रस्तुती दिदै आएकी उनी अब आउँने चलचित्रमा एयर होस्टेसको भुमिकामा देखिदैछिन्। उनले ‘बागी ३’मा एयर होस्टेसको भुमिका निभाउँने भएकी हुन्। ‘बागी’मा पनि उनले दमदार प्रस्तुती दिएकी थिइन्। उक्त चलचित्रमा अभिनेता टाइगर श्राफसँग उनको केमेष्ट्री निकै जमेको थियो। ‘बागी २’मा भने टाइगरले दिशाा पटानी सँग रोमान्स गरेका थिए।
भारतिय मिडियाकाअनुसार ‘बागी ३’मा श्रद्धालाई पुरै एयर होस्टेसको लुकमा ढाल्नको लागि 'बागी ३' टिम निकै लागिपरिरहेका छन्। टिमले उनको लुक्सकोलागि काम गर्न थालिसकेका छन्। श्रद्धाले पनि एयर होस्टेसको भूमिकाकोलागि ट्रेनिङ्ग लिदैँछिन्। मुम्बई, आग्रालगायतका भारतका बिभिन्न ठाउँ र देश बाहिर सुटिंग गरिने बताइएको चलचित्रमा श्रद्धा फेरी टाइगर श्राफको जोडी बन्दैछिन्। ‘बागी’मा पनि उनीहरुको जोडीलाई अडियन्सले खुब रुचाएका थिए । चलचित्रका लागि टाइगरले पनि इजराइलमा ट्रेनिङ्ग लिरहेका छन्। चलचित्रमा उनको दमदार एक्सन रहनेछ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: