
मुम्बई,एजेन्सी ।
अभिनेता वरुण धवन बलिउडका लोकप्रिय कलाकार हुन्। अभिनय क्षमताका कारण उनको चलचित्र मन पराउने दर्शकको संख्या पनि बढ्दो क्रममा छ। भारतीय मिडियाका अनुसार उनी नयाँ पुस्ताहरुमध्ये सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । वरुण धवनहाल एक नयाँ चलचित्र ‘स्ट्रीट डान्सर थ्रीडी’मा अनुबन्धित भएका छन् । चलचित्रमा वरुण धवनका साथै अभिनेत्री श्रद्धा कपूरको मुख्य भूमिका रहनेछ। डान्समा आधारित चलचित्रमा वरुणका साथै अभिनेत्री श्रद्धा कपूरले समेत कडा मेहनत गरेकी छिन् । चलचित्रमा नोरा फतेहीको पनि भूमिका रहनेछ। वरुणले यस चलचित्रकालागि ३३ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएको खबरले हाल सिने क्षेत्र निकै तातेको छ। यो रकम बलिउडका नयाँ पुस्ताका अभिनेताहरुले लिइरहेको पारिश्रमिक भन्दा धेरै रकम हो। निर्माताहरुले चलचित्रमा अनुबन्ध भए बापत उनलाई ११ करोड रुपैयाँ अग्रिम दिइसकेका छन्। बाँकी रकम चलचित्रको प्राविधिक काम सकिएलगत्तै दिइनेछ बताइएको छ।
चलचित्रको छायाँकनको क्रममा कैयौं पल्ट कलाकाहरु घाइते तथा बिरामी भएका थिए। यतिसम्म कि छायांकनकै क्रममा वरुण धवन बेहोससमेत भएका थिए। ‘स्ट्रीट डान्सर थ्रीडी’ सन् २०२० को जनवरी २४ मा प्रदर्शन हुनेछ। चलचित्रको निर्देशन रेमो डिसुजाले गरेका छन्। यस वर्ष प्रदर्शनमा आएको उनी अभिनित चलचित्र 'कलंक' बक्सअफिसमा फ्लप भएको थियो ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: