'रांझणा २' मा साराको जोडी धनुष कि ऋतिक ?

Posted on: September 11, 2019
मुम्बई,एजेन्सी ।

बलिउड चलचित्र 'जिरो' वक्सअफिसमा फल्प भएपछि उक्त चलचित्रका निर्देशक आनन्द एल राय अब अर्को चलचित्र बनाउन कस्सिएका छन् । उनले साउथ अभिनेता धनुष र सोनम कपुरले जोडी बाँधिको चलचित्र 'रांझणा'को सिक्वल बनाउँदैछन्। आगामी वर्षको जनवरीबाट फ्लोरमा जाने बताइएको यस चलचित्रमा भने अभिनेत्री सारा अलि खानले धनुषसँग रोमान्स गर्ने छिन् ।


केदारनाथबाट बलिउडमा प्रवेश गरेकी सारा अलिले यस चलचित्रमा काम गर्न पाएकोमा खुशी ब्यक्त गरेकी छिन्। अहिले प्रि-प्रोडक्सनको काम भइरहेको चलचित्रमा मुख्य भूमिकामा धनुषसँगै ऋतिक रोशन पनि अभिनय रहने चर्चा थियो। तर चलचित्रमा उनको भूमिका रहने वा नरहने भारतिय मिडियाले खुलासा गरेको छैन्। 





 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]