मुम्बई,एजेन्सी ।
केहीदिन अघि भारतकी चर्चित गायिका लता मंगेशकर 'एक प्यारका नगमा है' गीत गाएर सामाजिक संजालमा निकै भाइरल भएकी रानू मारिया मण्डल नामकी एक महिलाले गाएको 'तेरी मेरी कहानी' बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक भएको केही समयमै युट्यूबमा लाखौं दर्शकले गीत हेरिसकेका थिए। गीत बुधबार सार्वजनिक भएको हो। दर्शकले रानूको स्वर निकै मन पराएका छन्। केही पहिलै एक यसै गीतको एक क्ल्पि मात्रै सार्वजनिक गरेपछि रानू निकै भाइरल भएकी थिइन्। पुरै गीत सुन्न दर्शकले निकै प्रतिक्षा गरिरहेका थिए। अन्तत दर्शकको प्रतिक्षाको घडी समाप्त भएको छ। गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
गीतलाई दर्शकले अत्याधिक मनपाएपछि रानूले सबैलाई धन्यवाद दिएकी छिन्। उनले गीत मन पराउने अडियन्सलाई मात्र नभएर उनको स्वर रेर्कड गराउँने संगीतकार एवं अभिनेता हिमेश रेशमिया र गीतकालागि जुराउँने भगवानलाई पनि धन्यवाद दिएकी छिन्। गीत र हिमेशले गाएका छन्। रानू स्वंयमले पनि आफूले गाएको गीतमा प्रतिक्रिया दिदैं आफू धेरै खुशी भएको बताइन्।भारतीय संचारमाध्यमहरूका अनुसार उनले यसका अलावा पनि केहि गीतहरू गाइसकेकी छन्। यो गीत हिमेशको आगामी चलचित्र ह्यापी हार्डी एण्ड हीरको गीत हो । जसमा हिमेश र अभिनेत्री सोनिया मनसँगै रानूलाई समेत फिचर गरिएको छ।
song:
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: