मुम्बई,एजेन्सी ।
नयाँ बर्षको इदमा अभिनेता सलमान खान र अभिनेत्री अलिया भट्ट अभिनित बलिउड चलचित्र 'इन्साअल्लाह' अडियन्समाझ आउँने चर्चा ब्यापक थियो। तर सुपरस्टार सलमान खानले चलचित्रबाट एक्कासी हात निकाल्दा यो बिषय झन चर्चाको बिषय बन्यो। तर उनले चलचित्र छोड्नुको ठेट कारण के हो? त्यो पत्ता लागेको थिएन। यसअघि 'इन्साअल्लाह'का निर्देशक सञ्जय लीला भन्सालीसँगको सम्बन्ध बिग्रीएको कारणले सलमानले चलचित्र छोडेको ब्यापक चर्चा थियो। २० बर्ष पहिले भन्सालीको चलचित्र ‘हम दिल दे चुके सनम’मा काम गरेका सलमानले खास चलचित्र किन छोडे भन्ने बारे हाल एक खबर बाहिरिएको छ।
आलियासँगको इन्टिमेट सिन भएका कारण सलमानले चलचित्र छोडेको खबर हाल सर्वत्र चर्चामा छ। चलचित्रमा आलियासँग किस गर्नपर्ने थियो। उनले किस गर्न इन्कार गर्दै चलचित्रबाट यो सिन हटाउन माग गरे । तर निर्देशक भन्सालीले उक्त मान स्वीकार गरेनन्।
यसकारण सलमान चलचित्र छोड्न बाँध्य भएका हुन् भन्ने खबर बाहिरिएको हो। यसअघिका चलचित्रमा पनि सलमान किस नगरी हिट भएका छन्। उनले आफू किस नगरी हिट हुने अभिनेता भएका कारण आगामी दिनमा पनि कुनै पनि चलचित्रमा इन्टिमेट सिन नगर्ने बताउँदै आएका छन्। सलमान र आलियाको जोडी रहने चलचित्र आउँने खबरले दुबैका फ्यानहरु निकै खुसी देखिएका थिए। यो चलचित्र नआउने भएपछि उनीहरु दुबैका फ्यानले दुख प्रकट गरेका छन्।
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं। गायक अर्जुन सापकोटा र गायिक
December 09, 2019
मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री जान्हवी कपूरको चर्चा निकै हुने गर्
December 09, 2019
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: