मुम्बई,एजेन्सी ।
गान्धी जयन्तिको अवसर पारेर अक्टुवर २मा प्रर्दशनमा आउँने तेलुगु मल्टीस्टारर चलचित्र ‘साइरा नरसिम्हा रेड्डी’को ट्रेलर सार्वजनिक भएको छ। तेलुगु सुपरस्टार चिरञ्जिवी अभिनित यो एक्सनमय पिरियोडिक चलचित्र वर्षकै बहुप्रतिक्षित चलचित्र हो। जबर्जस्त बनेको ट्रेलरको ब्याकग्राउण्ड स्कोर, संवाद, कलाकारको भिन्न अवतार, उत्कृष्ट भिएफएक्स, भव्य सेटले चलचित्रको वजन प्रस्ट्याउँछ।
एतिहाँसिक व्यक्तित्व उइलावाडा नरसिम्हा रेड्डीको जीवनीमा आधारित चलचित्रमा तेलुगु मेगास्टार चिरन्जीवी, बलिउड मेगास्टार अमिताभ बच्चनसँगै किचा सुदीप,विजय सेतुपति, जगपति बाबु, रवि किसन, नयनतारा, तमन्ना, निहारिकाजस्ता स्टार कलाकारको अभिनय रहेको छ ।
चलचित्र तेलेगुका अलावा तमिल, हिन्दी, कन्नड र मल्यालम भाषामा पनि प्रर्दशन हुनेछ। चलचित्रको हिन्दी संस्करण फरहान अख्तर र रितेश सिध्वानीले वितरण गर्दैछन्। यहि मितिमा ऋतिक रोशन र टाइगर श्रोफ अभिनित ‘वार’ पनि प्रर्दशनमा आउँदैछ । यी दुईको नेपाली प्रर्दशन मिति भने मिति असोज १५ हुन्छ। अक्टुबर २ मा ‘वार’ र ‘साइरा नरसिम्हा रेड्डी’ प्रर्दशन हुने भएकाले बलिउडमा ठुलो भिडन्त हुने पक्का भएको छ।
Trailer:
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । नयाँ चलचित्र ‘सँग सँगै’ बन्ने भएको छ
December 06, 2019
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । स्टेजमा युगल नृत्य गरेर वल्र्ड रेकर्ड
December 06, 2019
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: