मुम्बई,एजेन्सी ।
बलिउड चलचित्र ’ड्रिम गर्ल'ले बक्सअपिसमा सानदार कमाइ गरेपछि गायक तथा नायक आयुष्मान खुरानाको बलिउडमा एकाएक डिमाण्ड बढिरहेकको छ। यस अवस्थामा उनलाई लिएर चलचित्र बनाउँन मेर्कसहरु निकै आतुर देखिएका छन् ।
पछिल्लो समय उनी अभिनित आन्धाधुन,आर्टिकल १५, बधाइ हो जस्ता चलचित्रले बक्सअपिसमा सानदार ब्यापार गर्न सफल भएपछि उनी डिमानडेड बनेका हुन्। खुरानाले अभिनय गर्ने चलचित्रको कथा बस्तु निकै फरक हुने गरेको पाइन्छ।
पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ’ड्रिम गर्ल'मा उनले केटी बनेर केटा फसाउँने भूमिका निर्वाह गरेका थिए। अन्य चलचित्र भन्दा फरक शैलीको चलचित्रलाई सहजरुपमा न्याय गर्न सक्ने उनी अर्को नयाँ चलचित्रमा अभिनय गर्दैछन् । उनले 'शुभ मंगल ज्यादा सावधान’ मा काम गर्ने भएका छन् । यस बिषयबारे मिडिया रिपोर्टले जानकारी दिएका छन् । यस चलचित्रमा उनि ‘गे’ को भुमिकामा देखिदैछन् । चलचित्रमा इन्टिमेट सिन पनि रहेको र यसका लागि आयुष्मानले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । नयाँ चलचित्र ‘सँग सँगै’ बन्ने भएको छ
December 06, 2019
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । स्टेजमा युगल नृत्य गरेर वल्र्ड रेकर्ड
December 06, 2019
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: