मुम्बई (एजेन्सी) ।
बलिउड नायिका परिणिती चोपडाले नायक अजय देवगणको ‘भिजुः दि प्राइड अफ इन्डिया’ चलचित्रमा काम नगर्ने भएकी छिन् । अजयले निर्माण गर्ने यो चलचित्रका लागी परिणिती पक्का थिइन् । तर, समय नमिलेपछि परिणितीले यो चलचित्रबाट हात झिकेको बताएकी छिन् ।
परिणिती अहिले साइना नेहावालको बायोपिक चलचित्रमा काम गर्ने तयारी गरिरहेकी छिन् । यो चलचित्रको लागि परिणितीले धेरै समयदेखि मिहिनेत गरिरहेकी छिन् । व्याडमिन्टन खेलाडी साइनाको बायोपिकमा काम गर्नको लागि परणितिले लामो समयदेखि यो खेल पनि सिकिरहेकी छिन् । यो चलचित्रपश्चात परिणितीले ‘दि गर्ल अन दि ट्रेन’को रिमेक चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रको लागि पनि परिणिति पक्का भैसकेकी थिइन् । यो चलचित्रसँग अजयको चलचित्रको छायांकन समय जुध्ने भएपछि परणितीले चलचित्रबाट हात झिकेकी हुन् ।
अजयको चलचित्र भाजुमा परिणितीको भूमिका निकै दमदार भएको निर्माणपक्षले बताइरहेको छ । चलचित्रमा संजय दत्त, अजय देवगण, सोनाक्षी सिंहा लगायतका कलाकारले अभिनय गर्दैछन् ।
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं। गायक अर्जुन सापकोटा र गायिक
December 09, 2019
मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री जान्हवी कपूरको चर्चा निकै हुने गर्
December 09, 2019
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: