थलाइवीकी कंगना, लुक्स यस्तो

Posted on: November 27, 2019
मुम्बई (एजेन्सी) । 

अभिनेत्री कंगना रनौतको अभिनय रहेको चलचित्र ‘थलाइवी’ को पोष्टर सार्वजनिक भएसँगै तस्बिर सामाजिक सञ्जालमा भाइरल पनि भइरहेको छ । उक्त तस्बिरमा कंगनालाई चिन्न गाह्रो छ । मेकअपका कारण उनी हुबहु भारतको तमिलनाडु राज्यकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिता जस्तै देखिएकी छन् । फिल्ममा कंगनाको यो लुक्सलाई लिएर प्रशंसकको तर्फबाट अलग अलग रियाक्सन आएको छ । 

‘थलाइवी’ मा उनको लुक्स अहिले सामाजिक सञ्जालमा निकै ट्रोल भैरहेको छ । यसबारेमा कंगना रनौतकी दिदी रंगोली चन्देलले ट्रोलर्सलाई कडा जबाफ दिएकी छन् । जबदेखि शनिबार चलचित्रको फष्र्टलुक पोस्टर अनलाइनमा रिलिज भयो, तबदेखि कंगनाको लुक्सलाई लिएर विभिन्न खालको मिम्स बनेका छन् । मानिसहरुले उनको यो लुक्सलाई ट्रोल बनाएका छन् । यसको जबाफमा रंगोलीले ट्वीट गर्दै भनेकी छन्, ‘यदी कसैैसँग आँखा छ भने उनीहरु प्रोस्थेटिकको सानदार काम देख्न सक्छन् । बाँकी समोसा ग्यांग यहाँ छ, जो दिनलाई रात र रातलाई दिन भन्छन् । त्यो महत्त्वहीन छ ।’ कंगनाको लुक्सलाई लिएर बलिउड सेलिब्रेटीको पनि रियाक्सन आइरहेको छ । अनुपम खेर, अनिल कपरू, एकता कपूर र नील नितिन मुकेश यसमा सामेल छन् । 

कंगनाको यो लुक्सको तुलना सोसल मिडियामा यूजर्सले कहिले ‘बधाई हो बधाई’ का अनिल कपूर त कहिले स्मृति ईरानीसँग गरेका छन् । ‘थलाइवी’ मा अरविन्द स्वामीको पनि मुख्य भूमिका छ । तीन भाषामामा बनेको यस चलचित्रको निर्माण विष्णु इन्दुरी र शैलेस आर सिंहले गरेका हुन् । विजय द्वारा निर्देशीत यो चलचित्र अर्को वर्षको २६ जूनमा रिलिज हुँदैछ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]