मलाई कहिल्यै दुख लागेनः करीना

Posted on: December 09, 2019
मुम्बई (एजेन्सी) । 

बलिउड अभिनेत्री करीना कपूर खानले सन् २०१४ को सफल चलचित्र ‘क्वीन’मा आफूलाई अफर आएको बताएकी छिन् । ‘क्वीन’मा अभिनय गरेकी कंगना रनौतको भूमिकामा सुरुमा आफूलाई अफर गरिएको खुलासा गरेकी हुन् । 

‘क्वीन’का निर्देशकले उनलाई उक्त चलचित्रमा लिड रोलको लागि अफर गरेको करिना बताँउछिन् । ‘म कहिल्यै पछाडि फर्केर हेर्दिनँ । यदि मैले कुनै फिल्मको अफर रिजेक्ट गरेको छु भने त्यो रोल मलाई मन नपरेर नै हो । त्यसैले मलाई कहिल्यै पनि कुनै फिल्म रिजेक्ट गरेकोमा दुःख लागेन ।’ उनले भनेकी छिन् । करीनाले अहिले आएर पुरानो चलचित्रको बिषयमा बोल्नुपर्ने कारण थिएन तर कुराकानीको क्रममा उनले खोलेकी हुन् । 

करीना यति बेला यहि २७ डिसेम्बरमा रिलिजमा आउने चलचित्र ‘गुड न्यूज’को प्रोमोसनमा व्यस्त छिन् । ‘गुड न्यूज’मा करीना सँगै अभिनेता अक्षय कुमारको अभिनय छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]ar.com