टिजरमा सौगातको 'मन्त्र'

Posted on: February 09, 2020
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

अभिनेता सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको नयाँ चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ । 

चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बुद्धि तामांङ, दिया पुनलाई स्थान दिईएको छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाईएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण टिम बिश्वस्त रहेको छ ।

खिल बहादुर गुरुङ निर्दे्शित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामाको पनि मुख्य भूमिका रहेको छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर सह निर्मातामा रबिराज कार्की सुरेश कार्की बिर बहादुर लामा र सुभ श्रेष्ठ रहेका छन । साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्र नयाँ बर्ष २०७७ को अवसरमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ तर नयाँ बर्षको कुन दिन प्रदर्शनमा आउने भन्ने चाहिं गोप्य राखिएको छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]