
आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
यसबर्षको बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ बिदेशमा बिक्री हुने क्रम बढी रहेको छ । केहिसमय अघि अमेरिकाको राइट्स बिक्री भएसँगै फेरी युरोपका बिभिन्न देशका लागी बिक्री गरिएको छ । युके र यूरोपका ८ देशका लागि बिदेश राईटस् २३ हजार ५सय युरो (करिब ३० लाख रुपैयाँ) मा बिक्री भएको चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले जानकारी दिए । युवास्टार प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यो चलचित्र
इनास चलचित्र प्रबर्धन समितिको ग्लोबल संयोजक मनिष श्रेष्ठ, इनास युरोप कोअर्डिनेटर सन्त कुमार थापा मगरले युके सहित युरोपका आठ देशका लागि राईट्स किनेका हुन् । यस अघि प्रेमगीत ३ को बिदेश राईटस् अन्तर्गत अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) को लागि ४५ हजार डलरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले किनिसकेका छन् ।
प्रेमगीत र प्रेमगीत २ को सफलता पछि प्रेमगीत ३ निर्माण गरिएको हो । आगामी चैत २८ बाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने यो चलचित्रको नेपालमा प्रचार प्रसारको थालनीसंगै सम्पूर्ण देशमा एकसाथ प्रचार प्रसारको गरिने छ । यस्तै नेपालसँगै बिदेशमा पनि प्रदर्शन गर्ने निर्माता सेनले जानकारी गराएका छन् ।
चलचित्र प्रेमगीत ३ लाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता सन्तोष सेन हुन् । फिल्मका सह निर्माता कुमार सान शाह छन् । यसका कार्यकारी निर्माता डम्बर बिक्रम सेन (मिलन) र चक्रबहादुर चन्द हुन् ।
यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिब श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्स गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका छ ।
यो चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, कल्याण सिंह र एलिश कार्कीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । प्रेमगीत ३ लाई काठमाडौमा सेट लगाएर ४० प्रतिसत र मनाङमा ६० प्रतिसत छायाँकन गरिएको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: