इन्काउन्टरको 'आई लभ यु' गीत

Posted on: February 24, 2020
आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।  

आउँदो चैत १४ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘इन्काउन्टर’ को गीत सार्वजनिक गरिएको छ । ‘आई लभ यु’ बोलको सार्वजनिक गीतमा जानु काम्वाङ लिम्बुको शब्द तारा प्रकाश लिम्बुको संगीतमा मेलिना राईको स्वर रहेको छ ।  

गीतमा फुर्वा दोर्जे तामाङ र साबित्रा थिङलाई  फिचरिङ गरिएको छ । गीतको भिडियो मलेशिया सिंगापुर लगायतका स्थानमा छांयाकन गरिएको छ  । गीतलाई सुन्दर लावतीले कोरियोग्राफर गरेका हुन् । ‘इन्काउन्टर’मा सबिन श्रेष्ठ, छुल्ठिम गुरुङ,दिनेश डिसी दिनेश खड्का, फुर्वा दोर्जे तामाङ, दिपक क्षेत्री, बि एस राणा, शुशिल पोखरेल, सुबास गजुरेल, सुनिल कटुवाल, बिपना बस्नेत, ध्रुव श्रेष्ठ, साबित्रा थिङ, राजन गुरुङ, सुरेश थापा दर्शने, बिनोद राई घ्याम्पे सुब्बा, सारदा अधिकारी काली बुढी, राधिका लगायतको  अभिनय रहेको छ ।

चलचित्रलाई नरेन्द्र भट्टराई (एन बी अन्जान)ले लेखन तथा निर्देशन गरेका हुन्  । युजेश फिल्मस्को प्रस्तुती रहेको चलचित्रलाई कुमार ओझा,दिनेश खड्का र कबिभक्त क्षेत्रीको निर्माण गरेका हुन् । दिलिप राजबंशी , देव राई र धन्नाजय भट्टराई चलचित्रका सह निर्माता रहेका छन् । चलचित्रको पटकथा सुन्दर लाबती तथा पत्रकार कृष्ण भट्टराईको सम्वाद रहेको छ । चलचित्रमा सुमन तन्डुकारले छायाङ्कन रहेको छ भने तारा प्रकाश लिम्बुको संगीत रहेको छ ।

मलेशिया, सिंगापुर, इन्डोनेशिया, थाइलेण्ड,बर्मा र नेपालका विभिन्न ठाउँमा चलचित्र र गीतहरु छायाङकन गरिएको छ । चैत्र १४ गते नेपालमा रिलिज हुने चलचित्रको नेपाल रिलिज अगाबै मलेशिया, युरोप, कोरिया, जापान, हङकङ लगायतका देशहरुमा च्यारिटि गरिने निर्माण पक्षले जनाएको छ ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]