दर्शक भेट्दै पल–पुजा

Posted on: March 02, 2020
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । 

नायक पल शाह र नायिका पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यहि फागुन ३० बाट प्रदर्शनमा आउने तयारीमा छ । यसै चलचित्रको प्रमोशनका लागी अहिले यी दुईकलाकारलाई भ्याई नभ्याई छ ।

सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको यो चलचित्रको प्रचारका लागी पल र पूजा सुर्खेत पुगेका छन् । शुक्रबार, त्यहाँ आयोजित महोत्स’ममा पल र पूजाले तिम्रो घरको वरिपरी गीतमा नृत्य प्रस्तुत गर्दै हजारौं दर्शकलाई म यस्तो गीत गाउँछु २ हेर्न आग्रह गरे । चलचित्र प्रचारको लागि पल र पूजा पव, क्लब, कलेज र महोत्सवसम्म पुगिरहेका छन् ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]