वैशाख १८ गतेसम्ममा सम्पुर्ण फिल्म हलहरु बन्द हुने

Posted on: March 18, 2020
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपाल सरकारले वैशाख १८ गतेसम्म चलचित्र हल बन्द गर्ने निर्णय गरेको छ। विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोनाका कारण सरकारले हल बन्द गर्ने निर्णय लिएको हो । संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको आठौं बैठकले ३० अप्रिल २०२० सम्म चलचित्र हलसँगै साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल  बन्द गर्ने निर्णय गरेको हो। 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]