‘चपली हाइट ३’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित

Posted on: March 20, 2020
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

सरकारले बुधवारदेखि सम्पूर्ण मनोरञ्जन स्थलहरु लगायत चलचित्र हलहरु बन्द गरेपछि यही चैत २८ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र  ‘चपली हाइट ३’ को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ। निर्माण कम्पनी अर्जुन कुमार फिल्मस्ले चलचित्र तोकिएको मितिमा नआउँने एक विज्ञप्तीमार्फत् जानकारी दिएको छ । नेपालमा कोरोना भाइरस फैलिन नदिन सरकारले बैशाख १८ सम्मलाई सम्पूर्ण मनोरञ्जन स्थलहरु बन्द गरेको हो ।

कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले बैशाख १८ सम्म हल बन्द गर्ने निर्णय गरेपछि मानव स्वास्थ्यलाई ध्यानमा राखी चलचित्र  स्थगित गरिएको विज्ञप्तीमा उल्लेख छ। अर्को सूचना जारी नहुन्जेलसम्मको लागि चलचित्र प्रदर्शन स्थगित गरिएको विज्ञप्तीमा उल्लेख छ। यसरी चलचित्र पछि सरीरहँदा सम्पूर्ण चलचित्र क्षेत्रले ठूलो क्षती बोहेर्न परेको छ । सस्पेन्स थ्रीलर कथामा  ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारले अभिनय रहेको छ । केही दिन अघि टिजर सार्वजनिक गरेको यस चलचित्रको पर्खाईमा रहेका दर्शकलाई चलचित्र स्थगित भएकोमा र थप चलचित्रकालगि पर्खिन परेकोमा  निर्माण कम्पनीले दर्शकसँग माफी मागेको छ ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]