दर्शकहरु अघाँइसकेपछि पनि ‘नाई नभन्नु ल ६’ बन्ने

Posted on: May 04, 2020
आर्टिष्ट खबर/बैशाख काठमाडौं।

चलचित्र ‘नाई नभन्नु ल ६’ निर्माण हुने भएको छ। यतिबेला कोरोनाको कारण लकडाउन नहुन्थ्यो त चलचित्रको काम अगाडी बढिसक्ने निर्माण पक्षका एक व्यक्तिले जानकारी दिएका छन्। लकडाउनका कारण कथा बिचमै रोकिएको उनको भनाइ छ। ‘नाई नभन्नु ल ६’का लागि वर्षा राउत र वर्षा सिवाकोटीलाई अभिनेत्रीको रुपमा अफर गरिएको बुझिएको छ । दुबैसँग मौखिक कुरा भएको तर आधिकारिक रुपमा हस्ताक्षर भने नभएको बुझिएको छ। वर्षा राउतले यसै चलचित्रको सिरिजबाट ठुलो पर्दामा डेब्यु गरेकी थिइन्। उनको अभिनयलाई दर्शकले खुब रुचाएका थिए। चलचित्रमा एक अभिनेतासँग तीन अभिनेत्रीको कथा प्रस्तुत गरिने निर्माण पक्षले बताएका छन्।


लकडाउनका कारण चलचित्र बजार डमाडोलको अवस्थामा रहेको छ। यसको असरले निकै कम चलचित्र निर्माण हुने देखिन्छ। यस कारण कलाकारहरु केही समयकालागि बेरोजगार बस्नपर्ने देखिएको छ। बेरोजगार बस्नुभन्दा आएका अफर यो अवस्थामा कलाकारहरुले कुनैपनि हालतमा छोड्न चाहादैनन्। त्यसैले दुई वर्षाले नै चलचित्रको अफर खेर जान नदिने देखिएको छ। 


यसरी ‘नाई नभन्नु ल ’लाई लम्बिाएर ६ सम्म पुर्याउदै गर्दा यस नामको चलचित्रबाट दर्शकहरु अघाँइसकेको अनुमान गर्न सकिन्छ। किनकी शुरुको एक दुई सिरिजलाई दर्शकले खुब रुचाएका थिए । त्यसपछिका सिरिजले दर्शकबाट खासै राम्रो प्रतिक्रिया पाउन सकेन। ‘नाई नभन्नु ल ६’ शुरुका सिरिजहरुजस्तै उत्कृष्ट हुनेछ या छैन त्यो प्रर्दशन पश्चात थाहा हुनेछ। चलचित्रको छायाँकन यही वर्ष भित्र हुने बताइएको छ ।  दुई वर्षा बाहेक चलचित्रका लागि अन्य कलाकारको बारेमा अहिले निर्माण टिमले खुलाएको छैन। 

फिचरफोटो: गुगल



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]