टिजरमा हेर्नुहोस निकिताको ‘रानी महल’ (भिडियो)

Posted on: May 16, 2020
आर्टिष्ट खबर/जेठ,काठमाडौं ।

चलचित्र ‘रानी महल’को टिजर सार्वजनिक भएको छ। केही दिनअघि निर्माण टिमले चलचित्रको फस्टलुक सार्वजनिक गर्दै टिजर छिटै सार्वजनिक गर्ने जानकारी दिएको थियो। यस चलचित्रको करिब २० प्रतिशत मात्र छायांकन पूरा भएको छ। २ बर्ष अगाडि निर्माण प्रक्रिया सुरु गरिएको यस चलचित्र बीचमै केही आपसी विवादका कारण छायांकन हुनबाट रोकिएको थियो। लकडाउन खुले लगत्तै चलचित्रको बाँकी छायांकन पूरा गरी चलचित्र रिलिज गर्ने निर्माणपक्षको भनाइ छ।


विमल भुषालको निर्माणमा बनेको ‘रानी महल’मा हिमाल न्यौपानेको निर्देशन रहेको छ। यस चलचित्रबाट पूर्व मिस नेपाल निकिता चण्डकले चलचित्रमा डेब्यू गरेकी हुन्। तर ‘रानी महल’को छायांकन रोकिए पछि निकिताले चलचित्र ‘साङ्लो’मा काम गरिसकेकी थिइन्। चलचित्रमा निकिता चण्डकसँगै पृथ्वीराज सेञ्चुरी, साहिल श्रेष्ठ, मानस्वी खरेल, निर शाह, वीएस राना,दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। दीपक पौडेलको पटकथा तथा संवाद रहेको चलचित्रमा हिमाल केसीको एक्सन, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी,निरज कँडेलको छायांकन र सम्राट महर्जनको सम्पादन रहेको छ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]