'चिसो मान्छे'मा अर्पणको मुख्य भूमिका

Posted on: September 08, 2020
भदौ, काठमाडौं । 

अभिनेता अर्पण थापा आउँदो चलचित्र ‘चिसो मान्छे’को मुख्य भूमिकामा अनुबन्द हुनुभएको छ । यो चलचित्रका लागी अहिलेसम्म अर्पण र स्वस्तिमा खड्का अनुबन्द हुनुभएको छ । निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्ने यो चलचित्रको कथा पनि दीपेन्द्रले नै लेख्नु भएको छ भने आफैले खिच्ने तयारीमा हुनुहुन्छ ।  चलचित्रको प्रदर्शन मिति ०७८ भदौ ११ गतेका तोकिएको छ ।  

सामाजिक विषयबस्तुमा आधारित हुने यो चलचित्रको अहिले पनि स्क्रिप्टको काम भइरहेको बताइएको छ । ‘चिसो मान्छे’ निर्माण घोषणा गर्दा उनले ‘लकडाउन’ पनि निर्माणको घोषणा गर्नुभएको छ । दुबै चलचित्रमा सर्मिला पाण्डेको लगानी रहनेछ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]