
भदौ, काठमाडौं ।
नेपाली चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको गएराती २ बजे निधन भएको छ । कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि २ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । ४२ बर्षिय छेतनको काठमाण्डौको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको जन्म २०३५ साल माघ २२ गते भएको थियो ।
छेतनले लेखन, निर्देशन गरेको प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ । पछिल्लो समय उनी हुतुतु नामक चलचित्रमा ब्यस्त थिए । उनले चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’को स्क्रिप्ट लेखेका थिए । यस्तै, निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डिबियो’ रिलिज भैसकेको छ ।
छेतनले उत्कृष्ट लेखकमा एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७१ प्राप्त गरेका थिए । यस्तै उत्कृष्ट नव निर्देशकमा कामना फिल्म अवार्डमा–२०७६ र डि सिने जुरी अवार्ड–२०७६ पाएका थिए ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: