टेलिसिरियल ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक

Posted on: December 04, 2020
आर्टिष्ट खबर, मंसिर, काठमाडौं । 

सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर छ । गीत रेडबर्ड युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगाना, रविन्द्र अधिकारीको अभिनय रहेको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको टेलिफिल्ममा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र बन्दे प्रसादको सम्पादन छ ।

गीता आचार्य, प्रवेश आचार्य, रवी केसी र सरला भण्डारी निर्माता रहेको टेलिसिरियलको प्रस्तुतकर्ता करुणा आचार्य हुन् । टेलिसिरियलका सहायक निर्देशक राम जे राउत हुन् । 

निर्देशक कुमारका अनुसार टेलिसिरियल आगामी माघ ३ गते शनिबार नौ बजे प्राइम टाइम्स एचडीबाट प्रसारण हुनेछ ।





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]