'गणपति' चलचित्र बन्ने, मुकुन र मेनुकाको जोडी बाधिने

Posted on: December 29, 2020
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नयाँ नेपाली चलचित्र ‘गणपति’ को निर्माण घोषणा गरिएको छ । अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहने गरी मंगलबार नयाँ बानेश्वरस्थित आइप्लेक्स मलमा रहेको दृष्य लाउन्चमा चलचित्रको औपचारिक निर्माण घोषणा गरियो । 


चलचित्रमा सविन अधिकारीको निर्देशन रहनेछ । यस्तै मुकुन र मेनुकासँगै सूर्यमाला शर्मा, राजाराम पौडेल, लक्ष्मी गिरी, कालु राना, प्रकाश घिमिरे, देवेन्द्र बब्लू, श्रीदेव विएललगायतका कलाकारहरुको पनि अभिनय रहने जानकारी दिइयो । अविगम्यान फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी रहनु भएको छ ।





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]