घिन्ताङ’को शुभमुर्हूत, गौरब र लक्ष्मीको जोडी बाँधिने

Posted on: February 16, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । 

नयाँ नेपाली चलचित्र ‘घिन्ताङ’को शुभमुर्हूत गरिएको छ । मंगलबार राजधानीको कमलादी अवस्थिती गणेश मन्दिरमा कलाकारको टिमसँग निर्माण टिमले चलचित्रको मुर्हूत गरेको हो । चलचित्र दीपक श्रेष्ठले निर्देशन गर्दै हुनुहुन्छ ।  

चलचित्रमा मुख्य अभिनेतामा गौरव पहारी हुनुहुन्छ भने अभिनेत्रीमा लक्ष्मी बर्देवा अनुबन्ध हुनुभएको छ । यसअघि नायिका एलिजा गौतमलाई अनुबन्ध गरिएको थियो भने अन्तिम समयमा उहाँले चलचित्रमा काम नगर्ने भएपछि लक्ष्मीलाई अनुबन्ध गरिएको थियो ।  

अन्तरजातिय प्रेम बिबाहको कथामा बन्ने यो चलचित्र साहित्यकार मन्दिरा ‘मधुश्री’को ‘मासुको मुल्य’ कथामा आधारित रहनेछ । चलचित्रमा राजु लामाको प्रस्तुती रहेको छ । चलचित्र काठमाण्डौ र चित्लाङमा छायांकन गरिनेछ ।  दीपक शर्माको संगीत रहेको ‘घिन्ताङ’मा संकल्प भुजेलले छायांकारको जिम्मेवारी सम्हाल्दै छन् । चलचित्रका प्रोडक्सन डिजाइनर पुष्कर लामा हुन् । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]tistkhabar.com