आर्टिष्ट खबर/चैत,काठमाडौं ।
केही समय अघि चलचित्र 'हिमानी' निर्माण गर्ने घोषणा गरेका निर्माता माधव वाग्लेले निर्माण गर्ने अर्को चलचित्र 'विवेक'को मुख्य भूमिकामा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काले एकसाथ अभिनय गर्ने भएका छन् । चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै वाग्लेले मधेसी चरित्रका लागि अडिसनको आह्वान पनि गरेका छन्। चैत २८ गते जनकपुरधाममा अडिसन गर्न लागिएको छ। तराइतिरको कथा बस्तु प्रस्तुत गर्ने बताइएको चलचित्र नेपाली, मैथिली र भोजपुरी ३ भाषामा निर्माण हुनेछ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पोस्टरमा अभिनेता विपिनलाई गम्भिर मुद्रामा देखाइएको छ । लेकनाथ कोइरालाको लेखन रहेको चलचित्रको छायांकन जेठदेखि शुरु हुनेछ । हाल चलचित्रको स्क्रिप्टको काम भइरहेको छ ।
आर्टिष्ट खबर/ चैत, काठमाडौं । नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमा
April 11, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । निर्देशक सम्राट बस्नेतको निर्देशनम
April 11, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: