
आर्टिष्ट खबर/चैत,काठमाडौं।
नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा डबिङ्ग गरिएको छ। नेपालसँगै भारतमा पनि रिलिज गर्ने तयारीका साथ निर्माण युनिटले हिन्दी भाषामा डबिङ्ग बाहुबलीका कलाकारहरुद्धारा गराइए निर्देशक सन्तोष सेनले बताए। चलचित्र अन्य विभिन्न भाषामा पनि रिलिज गर्ने तयारीमा निर्माण टिम जुटेको छ।
२०० सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको चलचित्र स्वर्गीय छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्तरुपमा निर्देशन गरेका छन्। छेतेन गुरुङ र मन्दिप गौतमको लेखक रहेको फिल्मका निर्माता सन्तोष सेन र सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल रहेका छन्।
चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्वृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्र अहिलेको कोरोनाको कहर सकिएपछि रिलिज गरिने छ । मिति भने तय गरिएको छैन।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: