
आर्टिष्ट खबर/ असोज, काठमाडौं ।
नेपाली चलचित्र क्षेत्र ठप्प भएको १८ महिना पुगिसकेको छ । हलमा दर्शक नपुगेको र चलचित्र प्रदर्शन नभएको लामो समय हुँदा हलहरुले करोडौंको क्षति पुगेको छ । अब भने नेपाली चलचित्रले गति लिने संकेत देखिएको छ । आउँदै गरेको दशैंको छेकोमा केहि नेपाली चलचित्रहरु प्रदर्शन हुँदैछन् । यस्तै हलहरुमा खुल्ने तयारीमा छन् ।
बन्द रहेका हलहरु यहि असोज २१ गतेबाट खुल्ने भएका हुन् । घटस्थापनाको दिन पारेर २१ गतेबाट फिल्म हल खोल्न नेपाल चलचित्र संघ तयार रहेको महासचिव अशोक शर्माले बताउनु भएको छ । ‘२१ असोजदेखि देशभरका हल खोलेर फिल्म प्रदर्शन सुरु गर्दैछौ’ शर्माले भन्नुभएको छ, ‘सुरुवातको चरणमा ठुला, चर्चित भन्दा पनि ठिक्क बजेटको फिल्म लाग्छ ।’ शर्माले २१ गते निर्देशक शोभित बस्नेतको फिल्म ‘डाँडाको बरपिपल’ लाग्ने जानकारी दिनुभयो । उक्त चलचित्र टिमले पनि केहि समय अघि पत्रकार सम्मेलन गरेर चलचित्र प्रदर्शन गर्ने जानकारी गराएको थियो ।
चलचित्र प्रदर्शनलाई सुचारु गर्दा अब उप्रान्त एउटा नेपाली चलचित्र प्रदर्शन भएको दुई सातापछि मात्रै अर्काे चलचित्र प्रदर्शन गर्न पाइने प्रावधान समेत चलचित्र संघले गरेको छ । अबको तीन महिनासम्म स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन गर्दा हलले निर्मातालाई पहिलो सातामा ५५ प्रतिशत र दोस्रो सातामा ५० प्रतिशत सेयर रकम भुक्तानी समेत गर्नेछ ।
संघले नेपाली चलचित्रको प्रदर्शन मिति तोकिएको समयमा विदेशी चलचित्र प्रदर्शन नगर्नेसमेत जानकारी दिएको छ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: