
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
बलिउड चलचित्रहरु ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन चलचित्रमा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली चलचित्र बनाउन पनि इच्छा देखाएको छ । गएको शनिवार राजधानीमा हुन गइरहेको ‘नेपाल मिडिया अवार्ड’ मा सहभागी हुन बिहीवार दुबईबाट काठमाडौं आइपुगेको ‘ब्लूचिप’ को टिमले नेपाली चलचित्रमा लगानी गर्न इच्छा व्यक्त गरेको हो ।
‘ब्लुचिप’ का सिइओ रविन्दरनाथ सोनीले सञ्चारकर्मीसँग भन्नुभयो, ‘बलिउडमा हामीले धेरै काम गरेका छौं । ‘सूर्यवंशी, ८३’ लगायतका फिल्मलाई ‘ब्लूचिप’ ले फाइनान्स गरेको छ । अब राम्रो विषयमा हामी नेपाली फिल्म बनाउन इच्छुक छौं । नेपाल बसाईको क्रममा फिल्मसँगै अन्य व्यवसायमा सहकार्य गर्ने विषयमा छलफल गर्नेछौं ।’ उहाले आफूले नेपाली चलचित्र ‘ऐश्वर्या’ हेरेको पनि स्मरण गर्नुभयो ।
नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो भएकाले नेपालको संस्कृतिलाई प्रवद्र्धन गर्न आफूहरु तयार रहेको उहाको भनाई छ । पहिलो पटक नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै उहाले आफूलाई नेपाल आफ्नै देश लाग्ने गरेको बताउनुभयो । ‘म पहिलो पटक नेपाल आएको हुँ । गौतम बुद्धको देशमा आउन पाउँदा मलाई आफ्नै देशमा आएको महशुस भइरहेको छ,’ सिइओ सोनीले भन्नुभयो ।
दुबईमा रियल स्टेट, फोरेक्स, गोल्ड, करेन्सी लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लुचिप इन्भेष्मेन्ट कम्पनी’ का सिइओ रविन्दरनाथ सोनीसँगै अपरेसन हेड गुरमीत कौर, सेल्स एन्ड मार्केटिङ हेड सुरज जुमानी, डा. प्रिति गिरी लगायतको टिम नेपाल आएको हो । पुनम यादव निर्माता रहेको ‘नेपाल मिडिया अवार्ड’ मा ‘ब्लुचिप’ कम्पनी सह–प्रायोजकको रुपमा जोडिएको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: