
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै सरकारले सिनेमा हेर्न जाँदा कोरोनाविरुद्धको पूर्ण खोप लगाएको कार्ड अनिवार्य गर्ने भएको हो । यो नियम माघ ७ गतेबाट लागु हुनेछ ।
“सार्वजनिक स्थानहरू जस्तै कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेशको व्यवस्था मिलाउने गरी आगामी माघ ७ गतेदेखि लागु गर्ने व्यवसथा मिलाउन जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरिएको छ,” कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०ले ’स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सिफारिस गर्नेसहित विभिन्न १३ निर्णय गर्दै भनेको छ, “यस्तै, माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ ।”
केही साता यता कोरोना संक्रमणको दर उच्च हुँदै भएपछि सरकारले भिडभाड हुने क्षेत्रमा कडाइ गर्न लागेको हो । हाल दैनिक एक हजारभन्दा धेरै कोरोना संक्रमित थपिँदै आएका छन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: