सर्यो चलचित्र ‘म यस्तो गीत गाउँछु २’

Posted on: January 20, 2022
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

कोरोना कहरका कारण नेपालमा पनि सिनेमा हलहरु बन्द भइरहेको अवस्थामा सुदर्शन थापा निर्देशीत नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को रिलिज मिति सरेको छ ।

कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यक बाहेक बाहिर ननिस्कन भनेको र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई स्थगित गरिएको निर्देशक थापाले जानकारी दिनु भएको छ । 

थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण ‘म यस्तो गीत गाउँछु २’ निर्धारित समयमा प्रदर्शन नहुने जनाउनु भयो । उहाले अवस्था सामान्य भएपछि उही उत्साह र जोशका साथ प्रदर्शनको नयाँ मिति घोषणा गरिने जानकारी दिनुभयो । ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

यस्तै अन्य नेपाली चलचित्रले पनि प्रदर्शन मिति सारिरहेका छन् । चलचित्र प्रेमगीतको सिरिज पनि आउने क्रममा छ । तर प्रदर्शन मिति अनिश्चित समयका लागी सरेको छ । चलचित्र ‘चपली हाइट ३’ प्रदर्शन भएको दुई दिनमै सिनेमा हल बन्द भएका थिए । यो चलचित्र फेरी हल खुल्नासाथ प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]