
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्ड ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक गरिएको छ । फाल्गुनन्द लिङदेन फिल्मस्ले आयोजना गर्दै आएको यस अवार्डको यसपटक १७ विधाको मनोनयन सार्वजनिक गरियो ।
अवार्डको प्रमुख विधाअन्तर्गत ‘निर्देशन’ विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, ‘नायिका’मा लक्ष्मी योङहाङ, बबिता फोम्बो, रुपा आङबुहाङ, ‘नायक’मा हेमराज आञ्छाङबो, भीम थेबे लिम्बु, नरेश बनेम मनोनयनमा पर्नुभएको छ ।
त्यस्तै ‘गायिका’मा निरन्ता नेम्बाङ, मनु नेम्बाङ, मिलन नेवार, ‘गायक’मा संगम बनेम लिम्बु, सुमन लिम्बु, नरेश बनेम, ‘छायांकन’मा युवराज राई, इशक जबेगु, तिलक रिजाल मनोनयनमा पर्नुभएको छ ।
राजधानीमा शुक्रबार आयोजित मनोनयन सार्वजनिक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तथा पूर्वमन्त्री देव गुरुङले पूर्व मेजर जनरल होमकुमार लावती, रत्न लिङदेन लावती, आशा नेम्वाङ, नितु नेम्बाङ लगायतलाई सम्मान गर्नुभएको थियो ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: