आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
चलचित्र पत्रकार संघ नेपाल २३ वर्ष पुरा गरेर २४ औँ वर्षमा प्रवेश गरेको छ । यसै उपलक्ष्यमा संघले क्यालेन्डर सार्वजनिक गरेर दिवस मनाएको छ । यस्तै हरेक बर्ष दिवसको अवसरमा गरिने चलचित्र पत्रकार सम्मान भने यसबर्ष आगामी असार ४ गते आयोजना गरिने संघले जनाएको छ ।
संघले आफ्ना सम्पूर्ण सदस्यसँग मात्र यसपटकको स्थापना दिवस मनाएको चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले बताएका छन् । ‘हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गरि मनाउँदै आएको राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा वार्षिकोत्सव यसपटक स्थानीय तहको निर्वाचनका कारण स्थगन गर्नुपरेको हो । विगत दुई वर्ष यता कोरोना महामारीका कारण स्थगित हुँदै आएको सम्मान तथा पुरस्कार आउँदो असार ४ गते एक समारोहको आयोजना गर्दै वितरण गर्ने छौँ’ अध्यक्ष सिटौलाले बताए । उनले चलचित्र पत्रकारिता अझै अनुशासित र मर्यादित हुनुपर्ने भनाइ समेत राखेका छन् ।
वि.सं. २०५६ साल जेष्ठ ७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकै आधारमा यस दिनलाई स्थापना दिवसको रुपमा मनाउँदै आइएको छ । विक्रम संवत २०५९ सालबाट आफ्ना सदस्यहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले संघले सम्मान तथा पुरस्कार पनि सुरु गरेको थियो ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: