आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको नयाँ नेपाली चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको या ेचलचित्रको बिषयवस्तुले नै यसअघि नै चर्चा पाइसकेको थियो । त्यसमाथि नेपाली चलचित्र क्षेत्रमा निर्देशक खनालले सफल निर्देशकको ट्याग पाइसक्नुभएको छ । त्यसैले पनि ‘चिसो मान्छे’लाई बिशेष मानिएको छ ।
सार्वजनिक चलचित्रको ट्रेलरमा कर्णालीको जीवनसंघर्ष, रहनसहन, श्रीमान् वैदेशिक रोजगारीमा गएपछि भोग्नु परेको पीडा, उनको संघीय राजधानी काठमाडौंसम्मको यात्रा देखाइएको छ । ट्रेलरमा स्वस्तिमा र अर्पणसँगै कलाकार देशभक्त खनाललाई देख्न सकिन्छ ।
डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गर्नुभएको यो चलचित्रम निर्देशक खनालकै लेखन र छायांकन छ । दीर्घ खड्काले सम्पादन गरेको चलचित्रमा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
कार्यक्रममा बालेनको चर्चा
स्थानिय तहको निर्वाचन पछि काठमाडौं महानगरपालिकाको मतगणना भइरहेको छ । मेयरका प्रत्यासी बालेन्द्र शाह (बालेन)ले अन्य दुई उम्मेदवारलाई पछिपार्दै लामो अन्तरको अग्रता लिइरहनु भएको छ । दिनहुँ जसो मतगणाना स्थलमा भेटिने बालेन आज चिसो मान्छेको ट्रेलर सार्वजनि कार्यक्रममा भेटिदा बालेनको चर्चा भयो ।
कार्यक्रममा चलचित्रको चर्चासँगै बालेनको पनि निकै चर्चा भयो । हुनेवाला मेयर भन्दै सबैले बधाई दिइरहेका थिए । नायिका स्व्स्तिमा खड्काको चलचित्र हेरिरहेको र आफूलाई निकै मनपर्ने नायिका भएको भन्दै बालेनले स्वस्तिमा खड्काको प्रसंशा गर्नुभयो । यस्तै नायक अर्पण थापाले पनि बालेनको प्रसंशा गर्नुभयो ।
Video Report:
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: