
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
झण्डै दुई दशक अघि जुम्लाको खलंगामा घटेको घटनामाथि लिखित मदन पुरस्कारबाट पुरस्कृत पुस्तक ‘खलंगामा हमला’ माथि चलचित्र (फिल्म) बन्ने भएको छ । राधा पौडेलद्धारा लिखित पुस्तक ‘खलंगामा हमला’लाई बिनोद बिष्टले निर्देशन गर्नुहुनेछ ।
मंगलबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गरियो । कार्यक्रममा लेखिका पौडेलले निर्देशक बिष्टलाई विश्वास गरेर चलचित्र निर्माणका लागी अनुमति दिएको जानकारी गराउनुभयो । निर्देशक बिष्टले यसअघि झमक घिमिरेको पुस्तक ‘जीवन काँडाकी फुल’ माथि चलचित्र निर्माण गर्नुभएको थियो ।
‘मलाई यसअघि धेरैबाट तपाईको पुस्तक माथि हामीले चलचित्र बनाउँछौं भन्ने अफर आएको थियो तर बिनोद दाईले यसअघि बनाएको जिवन काँडा कि फुल हेरेपछि मेरो दिमागमा बिनोद दाई बस्नुभएको थियो ।’ लेखिका पौडेलले भन्नुभयो । ‘बिनोद दाईले नै चलचित्र बनाउछु भन्ने अफर ल्याउनुभयो । म खुसी भएँ ।’
निर्देशक बिष्टले जीवन काँडाकि फुल बनाइसकेपछि धेरै पुस्तक पढेको र ‘खलंगामा हमला’ पुस्तकले आफ्नो मन छोएको बताउनुभयो । उहाँले लेखिका पौडेललाई सम्पर्क गर्नकै लागी दुईबर्ष लागेको सुनाउनुभयो । ‘मैले पुस्तक पढिसकेपछि राधा जीलाई सम्पर्क गर्ने धेरै कोसिस गरेँ । कसैले उहाँ अमेरिका हुनुहुन्छ भनिदिए तर पनि मैले गुगल गरेरै भएपनि उहाँसँग सम्पर्क गरेँ ।’ निर्देशक बिष्टले भन्नुभयो । ‘सम्पर्क नम्बर पत्ता लाग्ने बित्तिकै पुस्तकमाथि चलचित्र निर्माण गर्छु भन्ने कुरा गरेँ । तर अन्यले जस्तो सिधै अनुमति दिनुस चलचित्र बनाउँछु भन्ने तरिकाले अफर गरिन । तपाईको पुस्तकमा यी कुराहरु मैले बिशेष पाएँ भनेर उहाँलाई प्रस्ताव राखेँ ।’
निर्देशक बिष्टले खलंगामा खासमा के भएको थियो भन्ने बिषयमा आम मानिसमा जिज्ञासा रहेको र त्यो कुरालाई आफूले चलचित्रमा बिशेष तरिकाले देखाउने प्रष्ट पार्नुभयो । यस्तै लेखिका पौडेलले आफूलाई चलचित्रको प्राविधिक बिषयमा खासै ज्ञान नभएकाले सबै जिम्मा निर्देशक बिष्टलाई नै दिएको तर चलचित्र छायांकनको क्रममा आफू पनि सँगै रहने जानकारी दिनुभयो । लेखिका पौडेलले कतै तपाईको पुस्तक अनुसार चलचित्रका दृश्यले न्याय दिँदैन कि भन्ने प्रश्नमा भन्नुहुन्छ, ‘बिनोद दाई प्रति बिश्वास छ तर म पनि छायांकनको क्रममा सँगसँगै हुन्छु ।’
निर्देशक बिष्टले चलचित्रमा अभिनय गर्ने कलाकार तय हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो चलचित्र निर्माणका लागी तीन करोड बजेट छुट्याइएको छ । उहाँले चलचित्रले मुनाफा कमाउने भन्दा पनि आम दर्शक तथा स्रोता माझ चलचित्र पुगोस् भन्ने मात्र सोचेको बताउनुहुन्छ ।
पौडेलले सन् २०१३ मा पुस्तक सार्वजनिक गर्नुभएको थियो । चलचित्र जुम्ला र चितवनमा छायांकन गरिने बताइएको छ ।
. ..
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: