
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
नयाँ नेपाली चलचित्र ‘झिँगेदाउ’को एक गीतको छायांकन भइरहेको छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको यो चलचित्रको उक्त गीत बाहेकको छायांकन कोरोना महामारी अगाडी नै सकिएको थियो । निर्देशक देउजाले गीत बाहेकको पोष्ट प्रोडक्सनको काम पनि सकाई सक्नुभएको छ।
केही दिन यता निर्देशक देउजा ललितपुरस्थित श्रीकाली चौरमा बाँकी रहेको सिनेमाको एक गीतको छायांकन गरिरहनु भएको छ । बुधबार चलचित्रको इन्डक्ल्याप राखिएको थियो । तर, बर्षात्का कारण सिनेमाको छायांकन बिहीबार अर्थात् आजमात्रै सकिने भएको छ । निर्देशक देउजाले सिनेमाको गीतमा मात्रै १५ लाख बढि खर्च भएको बताउनुभयो ।
चलचित्रको कथाको डिमाण्ड अनुसार कुनैपनि कम्प्रमाइज नगरी गीतको छायांकन गर्दा बजेट राम्रै खर्च भयो । काम निकै राम्रो भइरहेकाले बजेट बढ्दा पनि कुनै गुनासो नरहेको निर्देशक देउजाले सुनाउनुभयो । केही दिनमा चलचित्रको गीत रिलिज गर्दै सिनेमाको प्रचार आरम्भ गर्ने तयारी निर्माता तथा निर्देशक देउजाको छ । सिनेमा आगामी भदौ अन्तिम साता रिलिज हुनेछ ।
चलचित्रमा समावेश गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहनु भएको छ । गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ ।
चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको सिनेमामा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । चलचित्रमा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।
Video Report:
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: