
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
नवल खड्काको निर्देशनमा तयार भएको नयाँ नेपाली चलचित्र ‘काँडेतार’को टिजर सार्वजनिक गरिएको छ । नेपाल र भारतको सीमा विवादको मुद्धालाई चलचित्रले उठाएको टिजरले देखाउँछ । टिजर १ मिनेट १२ सेकेन्ड लम्बाईमा सकाइएको छ ।
साउथ शैलीमा तयार पारिएको टिजरमा नवल एक्सन अवतारमा प्रस्तुत छन् । नवल स्वयंको निर्माण तथा लेखन रहेको यो चलचित्रमा उहासँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ । श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रको गीतमा कविराज गहतराजले कोरियोग्राफी गर्नुभएको छ ।
मणि थापा र दीपक शर्माको संगीत रहेको फिल्मको छायांकन सौरभ लामाले गर्नुभएको छ । तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवल खड्कासँगै माकिको राई र अञ्जु केसी निर्माताको रुपमा हुनुहुन्छ भने कार्यकारी निर्माता नवलकी श्रीमती तथा चर्चित गायिका सत्यकला राई हुनुहुन्छ । चलचित्रको प्रदर्शन मिति घोषणा गर्न बाँकी छ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: