‘महापुरुष’को फर्स्टलुक पोस्टर सार्वजनिक, कात्तिक ११ मा रिलिज

Posted on: August 07, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

नयाँ नेपाली चलचित्र ‘महापुरुष’को दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । साथै चलचित्रको प्रदर्शन मिति पनि तोकिएको छ । अब यो चलचित्र भाईटीकालाई लक्षित गर्दै आगामी कात्तिक ११ मा प्रदर्शन हुने बताइएको छ । निर्देशक प्रदीप भट्टराईको निर्देशनमा बनेको यो चलचित्रको सार्वजनिक पोष्टरमा वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्यलाई फोकस गरिएको छ । साथमा कलाकार गौरी मल्ललाई पनि देख्न सकिन्छ ।

दीपेश खत्री निर्माता र रविन्द्रसिंह बानियाँ कार्यकारी रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, राजाराम पौडेल, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ,  नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौडेल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य लगायतको पनि अभिनय छ । 

षट्कोण आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा लेखन प्रदीप भट्टराई स्वयंको हो । ‘शत्रुगते’पछि महजोडीसँग निर्देशक भट्टराईको दोस्रो सहकार्य हो । दीपक बज्राचार्यले फिल्म खिचेका हुन् । चलचित्रमा मित्र डी. गुरुङको सम्पादन, नवराज पराजुलीको गीतमा शब्द रचना, रोहित शाक्य र शैलेश श्रेष्ठको पार्श्व संगीत, जुनिम गहतराजको कलर र किशोर आचार्यको ध्वनि संयोजन छ । 

 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]