‘गोपी’मा बर्षा अनुबन्धित

Posted on: July 31, 2018
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

चलचित्र ‘गोपी’मा नायिका वर्षा सिवाकोटी अनुबन्धित भएकी छिन् । छायांकनमा जानेतयारीमा रहेको यो चलचित्रको पटकथाको काम अन्तिम चरुणमा पुगेको छ । अब नायिका बर्षा र सुरक्षा पन्तले चलचित्रमा काम गर्नेछन् । यसअघि खगेन्द्र लामिछाने र सुरक्षामात्र अनुबन्धित थिए । खगेन्द्र लामिछानेले यी दुई अभिनेत्रीसँग अन स्क्रिन ‘रोमान्स’ गर्नेछन् ।  

वर्षा र सुरक्षाले भर्खरै रिलिज भएको फिल्म ‘भैरे’मा सँगै काम गरेका थिए । आरोही केसी निर्माता, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको ‘गोपी’को छायांकन आगामी भदौ १ गते काठमाडौंमा सुरु हुँदैछ । भल चलचित्रमा निर्देशक दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहनेछ । चलचित्रलाई आगामी चैत १५ गते रिलिज गर्ने विषयमा वितरकसँग सहमति भएको बताइएको छ । न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहने चलचित्रका गीतहरु विप्लव प्रतीक र बुद्धिसागरले लेखेका छन् ।  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]