
आर्टिष्ट खबर, भदौ, काठमाडौं ।
चलचित्र ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ बोलको अफिसियल गीत सार्वजनिक भएको छ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्रको उक्त गीत सोमवार राजधानीको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । राजनराजको संगीत रहेको गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । गीत राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटी गाएका छन् ।
प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता रविन्द्र झासँग अभिनेत्री सुरक्षा पन्तको जोडी देख्न सकिन्छ भने कलाकार सन्दिप क्षेत्री र अभिनेत्री परमिता आरएल राणा जोडी छन् । त्यसतै रियल एवम रिल जोडी आयुष्मान र प्रियंका लाई देख्न सकिन्छ । गीतले चलचित्रको कथा प्रस्ट्याइएको छ । जो सँग पैसा छैन उसको कुनै काम छैन भन्ने कुरा गीतले बोल्छ ।
दीपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्र माधव वाग्ले र शर्मिला पाण्डे निर्माण गरेका हुन्। जर्बजस्ती हँसाउनका लागि अनावश्यक कुनै पनि संवाद र दृश्य नराखिएको र ‘चङ्गा चेट’ अरु बनिरहेका कमेडी चलचित्र भन्दा फरक रहेको निर्देशकको भनाई छ ।
(भिडियो)
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: