‘क्याप्टेन’पोष्टरमा अनमोलको खेलाडी लुक्स

Posted on: August 25, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अनमोल खेलाडीको रुपमा देखिएका छन् । क्याप्टेन’ अनमोलको ११ नम्बरको जर्सीमालाई पनि पोस्टरमा फोकस गरिएको छ । क्याप्टेलमा अनमोल एक फुटबल खेलाडीको रुपमा देखिदैछन् ।

सार्वजनिक पोष्टरमा प्रदर्शन मिति राखिएको छैन । छिट्टै खेल सुरु हुने भनेर लेखिएको पोष्टरले प्रदर्शन मिति अझै अन्योल रहेको बुझाउँछ । बुझिए अनुसार निर्माण टिम कार्तिकको दोस्रो सातामा चलचित्र प्रदर्शन गर्ने दौडमा छ । दिवाकर भट्टराई निर्देशित यो चलचित्रमा अनमोलसँगै उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा सामिप्यराज तिमल्सेनाको कथा, अर्जुन पोखरेलको संगीत, चन्द्र पन्तको द्वन्द र कविराज गहतराजको कोरियोग्राफी छ ।    



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]