‘मासु भात’मा सौगात र सृष्टिको जोडी

Posted on: August 26, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

सञ्जीब  न्यौपानेको निर्देशनमा चलचित्र ‘मासु भात’ बन्ने भएको छ । यस चलचित्रमा प्रेम जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई एकसाथ पर्दामा देख्न सकिने छ । गत दुई बर्षदेखि एकअर्काको प्रेममा बाँधिएको यो जोडीलाई एकसाथ पर्दामा देख्न दर्शकले खुब रहर गरेका थिए । दर्शकको त्यो रहर अब पूरा हुने भएको छ । हालै प्रदर्शनमा आएको चलचित्र ‘लालपूर्जा’ मा पनि  सृष्टि र  सौगातले एकसाथ काम गरिसकेका  थिए । तर उक्त चलचित्रमा यी दुईको एकअर्कासँग कुनै सिन थिएन । अब भने पहिलो पटक कपलको रुपमा  प्रेम जोडीलाई दर्शकले एकसाथ पर्दामा देख्न पाउने भएका छन् । 

चलचित्र ‘मासु भात’को कथा  राम्रो लागेको र चलचित्रमा आफुहरुले निभाउने भुमिका चित्त बुझेको कारण यी जोडीले यस चलचित्रका लागि राजी भएको बताए । उनीहरु एकसाथ चलचित्रमा काम गर्न राजी भएका छन् । चलचित्रकालागि दुबैले साइन गरिसकेका छन् ।  निर्देशक  न्यापानेलेका अनुसार केहि दिन पश्चात चलचित्रको औपचारिक घोषणा गरिँदैछ । उनले  ‘मासु भात’को बारेमा हाल केहीपनि कुराकानी गर्न चाहेनन् । मात्र उनले लिड रोलमा सौगात र सृष्टिलाई अनुबन्ध गरिएको बताएका छन् । अहिले चलचित्रको लोकेसन हन्टिङको काम भइरहेको छ । चलचित्रमा निर्देशकको आफ्नै कथा रहेको छ ।





 



 


 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]