अस्ट्रेलियाका दर्शकले हेरे आर्यन र सृष्टिको 'बाँध मायाले'

Posted on: September 13, 2018
आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

यहि आउँदो असोज ५ गते चलचित्र ‘बाँधमायाले’ अलनेपाल प्रदर्शन हुँदैछ । निर्माण टिम यतिखेर प्रचारप्रसारमा पनि जुटिरहेको छ । यहि चलचित्रको अष्ट्रेलियाको सिड्नीमा भने प्रदर्शन भैसकेको छ । तीन शो प्रदर्शन भैसकेको यस चलचित्रका शो अन्य शहरहरूमा पनि हुने भएको छ ।

चलचित्रका सहनिर्माता महेन्द्र अधिकारीका अनुसार नेपालभन्दा अघि अस्ट्रेलियामा प्रदर्शन गर्नुको उद्देश्य त्यहाँका नेपालीहरुको नेपाली चलचित्रप्रतिको मायालाई देखाए । सिड्नी वासी दर्शकहरूले विशेष गरेर नायिका सृष्टि श्रेष्ठको कामको खुलेर तारिफ गरेका छन् । ‘सांच्चै काम मन पर्यो । तारिफ गर्न लायकको काम छ उनको’, सिड्नी काव्य व्सायी प्रज्ज्वल कालाखेतीको भनाई छ । तेस्रो चलचित्र सम्म आइपुग्दा नायक आर्यन अधिकारीले पनि वाह गर्न लायकको काम गरेका छन् भने चलचित्र प्रिय बनाउन पहिलाको दाँजोमा यो चलचित्रमा निर्देशक सबिर श्रेष्ठले निकै मिहेनत गरेको पाइन्छ । उनले ससाना कुरामा पनि ध्यान दिएका छन् । चलचित्रमा बलियो पात्रको रूपमा उभिएका राजराम पौडेल, विशाल चाम्लिंग र किशोर खड्काको काम प्रशंसा गर्न लायकको छ ।   

बाँध मायालेको हालसम्म अष्ट्रेलिया र अमेरिकामा शो सम्पन्न भैसकेका छन् । यी सँगै युके, जापान, कतार, दुबई, बहराइन, हंगकंग लगायत देशमा चलचित्रको माग भैरहेको निर्माता समेत रहेको सविर श्रेष्ठ बताउँछन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]