‘ए मेरो हजुर ३’ फर्स्ट लुक पोस्टर सार्बजनिक

Posted on: October 12, 2018
आर्टिष्ट खबर, असोज, काठमाडौं ।

केही समय अघि पोखरामा शुभ मुहूर्त गरिएको नायिका झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ । उक्त चलचित्र फ्लोरमा गएको झरना थापाले जानकारी गराएकी छिन् । यसअघि झरनाकै निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’मा नायक सलिनमान बनियाँ र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा थिए । जुन चलचित्र हिट भएको थियो । 

चलचित्रमा नायक अनमोल केसी र नायिका झरना थापाकी छोरी सुहानी थापाको जोडी देख्न सकिन्छ । सार्बजनिक पोस्टरमा यि जोडी फिर्चड छन् । यि दुईका अलवा चलचित्रमा सलोन बस्नेत,अर्पण थापा र रबिन्द्र झाको पनि मुख्य भूमिका रहनेछ।  ‘ए मेरो हजुर ३’ सुहानीको डेब्यु चलचित्र हो । झरना थापाको निर्देशनमा बन्ने चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्ने भएका छन् ।  चैत २९ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको छ । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]